दफा ७ : प्रस्ताव र स्वीकृति पुरा भएको मानिने

Estimated reading: 0 minutes 437 views

१) प्रस्ताव पठाएको कुरा प्रस्तावित व्यक्तिले थाहा पाएपछि प्रस्ताव पठाउने कार्य पूरा भएको मानिनेछ। 

२) प्रस्तावमा आफ्नो स्वीकृति जनाई प्रस्तावित व्यक्तिले प्रस्तावक समक्ष पठाएको स्वीकृति प्रस्तावकले पाएमा प्रस्तावकको हकमा र प्रस्तावकमा प्रस्तावित व्यक्तिले स्विकृति दिएको कुरा प्रस्तावकलाई थाहा भएमा प्रस्तावित व्यक्तिको हकमा स्वीकृति दिने कार्य पूरा भएको मानिनेछ। 

३) प्रस्तावमा प्रत्यक्ष रुपमा स्वीकृति नजनाए पनि प्रस्तावित व्यक्तिले प्रस्तावमा उल्लिखित कुनै शर्त पालना गरेमा वा प्रस्तावमा उल्लिखित प्रतिफल, लाभ वा सेवा स्वीकार गरेमा वा अन्य कुनै व्यहोराबाट स्वीकृति जनाएमा पनि प्रस्तावमा स्वीकृति प्रदान गरेको मानिनेछ। 

४) प्रस्तावकले यो समयसम्म इन्कार गरिएको सूचना नपाएमा प्रस्ताव स्वीकार गरेको सम्झने छु भन्ने व्यहोराको प्रस्ताव राखेको भए सो समयसम्म इन्कारीको सूचना नपठाएको भए प्रस्ताव स्वीकार गरेको मानिने छैन। 

Share this Law

दफा ७ : प्रस्ताव र स्वीकृति पुरा भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.