दफा ८९ः हदम्याद

Estimated reading: 0 minutes 510 views

१) कुनै खास करार वा करार सम्बन्धी कुनै खास विषयमा प्रचलित कानुनमा कुनै खास हदम्याद तोकिएको रहेछ भने सो सम्बन्धमा सोही हदम्याद कायम हुनेछ ।

२) उपदफा (१) मा लेखिएको बाहेक देहायका करार वा विषयमा देहायको हदम्यादभित्र उजुरी नदिएमा उजुरी लाग्ने छैनः 

 (क) बदर हुने करारमा बदर घोषित गराउन जहिलेसुकै पनि,

 (ख) बदर गराउन सकिने करारको हकमा बदर गराउन पाउने पक्षले बदर गराउनु पर्ने कारण थाहा पाएको मितिले एक वर्षभित्र,

 (ग) परिच्छेद–७ मा उल्लिखित करारका हकमा मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएको मितिले दुई वर्षभित्र,

 (घ) यस ऐन अन्तर्गत अन्य कुनै दावीका सम्बन्धमा त्यस्तो दावीका लागि मुद्दा गर्नु पर्ने कारण उत्पन्न भएका मितिले दुई वर्षभित्र ।

Share this Law

दफा ८९ः हदम्याद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.