परिच्छेद–१२ करारको उल्लंघन र उपचार

दफा ८७ः अदालतले आदेश दिन सक्ने

Estimated reading: 0 minutes 25 views

१) करारको कुनै पक्षले सो करारको प्रकृति अनुसार गर्न नहुने कुनै काम कारबाही वा व्यवहार गर्न लागेको कारणबाट करारको परिपालना सम्भव नहुने भएमा त्यस्तो काम कारबाही वा व्यवहारबाट मर्का पर्ने पक्षले त्यस्तो काम कारबाही वा व्यवहार रोकी पाउन पुनरावेदन अदालतमा उजुरी दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिम उजुरी परेमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सो करारबाट उत्पन्न विवादको समाधान सो करार वा प्रचलित कानुन बमोजिम हुने गरी कुनै पक्षलाई निजको कुनै खास काम कारबाही वा व्यवहार तत्काल रोक्ने गरी उपयुक्त आदेश जारी गर्न सक्नेछ ।

३) त्यसरी आदेश जारी भएकोमा त्यस्तो पक्षले उपदफा (२) बमोजिमको आदेशको पालना नगरेको कारणबाट हुन गएको थप हानि नोक्सानी समेत मर्का पर्ने पक्षले भराई लिन पाउनेछ ।

Share this Law

दफा ८७ः अदालतले आदेश दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.