परिच्छेद–१२ करारको उल्लंघन र उपचार

दफा ८२ः करारको उल्लंघन

Estimated reading: 0 minutes 52 views

१) करारको कुनै पक्षले करार बमोजिमको दायित्व पूरा नगरेमा वा करार बमोजिम आफूले गर्नु पर्ने काम निजले नगर्ने भएको कुराको सूचना अर्को पक्षलाई दिएमा वा पक्षको काम कारबाही र आचरणबाट निज करार बमोजिमको काम गर्न असमर्थ देखिएमा निजले करार उल्लंघन गरेको मानिनेछ ।

२) उपदफा (१) बमोजिम एक पक्षले करार उल्लंघन गरेकोमा वा निजको काम कारबाही वा आचरणबाट निजले आधारभूत रुपले करारको पालना नगरेको देखिएमा अर्को पक्ष सो करार परिपालना गर्न बाध्य हुने छैन र त्यस्तो पक्षले अर्को पक्षलाई सूचना दिई सो करार रद्द गर्न सक्नेछ

Share this Law

दफा ८२ः करारको उल्लंघन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.