परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ८१ः करार निलम्बन वा हेरफेर हुन सक्ने

Estimated reading: 0 minutes 60 views

१) करार गर्ने पक्षको मञ्जुरी भएमा करार बमोजिम गर्नु पर्ने कामको सम्पूर्ण वा कुनै अंश हेरफेर वा संशोधन गर्न वा करार बमोजिम गर्नु पर्ने कामको अवधि बढाउन वा करार बमोजिम गर्नु पर्ने काम केही समयको लागि गर्नु नपर्ने गरी करारको निलम्बन गर्न वा करारमा उल्लेखित कामको सट्टा अन्य कुनै काम गर्न वा सो करारको सट्टा अर्को कुनै करार गर्न सकिनेछ ।

२) उपदफा (१) बमोजिम करारमा हेरफेर वा संशोधन भएमा नयाँ करार भएको मानिनेछ र सोही बमोजिम करार प्रभावकारी हुनेछ । यसरी नयाँ करार भएकोमा सो करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक शुरुको करार बमोजिमको दायित्व व्यहोर्नु पर्ने छैन ।

Share this Law

दफा ८१ः करार निलम्बन वा हेरफेर हुन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.