परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ७७ः करार परिपालना गर्ने व्यक्ति

Estimated reading: 0 minutes 39 views

१) करारको परिपालना करार गर्ने व्यक्तिबाटै हुनु पर्नेमा बाहेक निजको प्रतिनिधि वा निजले नियुक्त गरेको कुनै व्यक्ति वा निजको तर्फबाट अन्य कसैबाट पनि परिपालना गराउन सकिनेछ ।

 तर अर्को पक्षको मञ्जुरी बिना करारको कुनै पक्षले करार अन्तर्गतका दायित्व अन्य कसैलाई हस्तान्तरण गर्न पाउने छैन ।

२) कुनै पक्षले तेस्रो व्यक्तिबाट भए गरेको कामलाई स्वीकार गरी सकेपछि करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक करार गर्ने पक्षबाटै सो काम हुनु पर्ने भनी पछि दावी गर्न पाउने छैन ।

३) दुई वा दुईभन्दा बढी व्यक्तिहरु मिली संयुक्त रुपले कुनै अर्को पक्षसँग करार गरेकोमा करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक संयुक्त रुपले करार गर्ने व्यक्तिहरूमध्ये कुनै वा सबैबाट सो करार बमोजिमको दायित्व पूरा गर्नु गराउनु पर्नेछ ।

४) उपदफा (३) बमोजिम कुनै व्यक्तिले दायित्व पूरा गरेकोमा त्यसरी दायित्व पूरा गर्ने व्यक्तिहरूले संयुक्त रुपले करार गर्ने अरू व्यक्तिहरूसँग दामासाहीले हर्जाना वा नोक्सानी भराउन सक्ने छन् ।

५) उपदफा (३) बमोजिम भएको करारमा कुनै एक पक्षले अर्को पक्षमध्येको कुनै व्यक्तिलाई निजको हिस्सामा पर्ने दायित्वबाट छुट दिएमा अन्य व्यक्तिहरु सो करारको बाँकी दायित्वबाट मुक्त हुने छैनन् ।

Share this Law

दफा ७७ः करार परिपालना गर्ने व्यक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.