परिच्छेद–१० करार पूरा गर्ने समय, तरिका र स्थान

दफा ७२ः करार पूरा गर्ने स्थान

Estimated reading: 0 minutes 56 views

१) करारमा करार बमोजिम काम पूरा गर्न कुनै निश्चित स्थान तोकिएको रहेछ भने सो काम सोही स्थानमा पूरा गर्नु पर्नेछ ।

२) करार बमोजिम कुनै एक पक्षले अर्को पक्षलाई कुनै मालसामान दिनु बुझाउनु पर्ने रहेछ र त्यसरी सामान दिने बुझाउने स्थान करारमा तोकिएको रहेनछ भने सो मालसामान रहेको स्थानमा नै दिने बुझाउने गरी करार भएको मानिनेछ ।

३) करार बमोजिम काम गर्ने निश्चित स्थान करारमा तोकिएको रहेनछ तर सो काम कुनै खास स्थानमा मात्र गर्न सकिने वा चलन व्यवहार वा सो कामको प्रकृति अनुसार कुनै खास स्थानमा मात्र गर्नु पर्ने किसिमको रहेछ भने सो काम सोही स्थानमा गर्ने गरी करार भएको मानिनेछ ।

४) उपदफा (२) र (३) मा लेखिएदेखि बाहेक अन्य अवस्थामा करार बमोजिम काम गर्ने स्थान करारमा उल्लेख भएको रहेनछ भने करार बमोजिम काम गर्ने पक्षले अर्को पक्षलाई मनासिब माफिकको स्थान तोकिदिन सूचना गर्नु पर्नेछ र अर्को पक्षले पनि सो काम गर्न मनासिब माफिकको स्थान तोकिदिनु पर्नेछ ।

Share this Law

दफा ७२ः करार पूरा गर्ने स्थान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.