दफा १००: बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने सजाय

Estimated reading: 1 minute 315 views

१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैङ्कले जारी गरेको आदेश वा निर्देशनको उल्लङ्घन बैङ्कबाट इजाजतपत्र प्राप्त कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाले गरेमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई बैङ्कले देहाय बमोजिमको एक वा एकभन्दा बढी सजाय गर्न सक्नेछः-

(क) सचेत गराउने वा लिखित चेतावनी दिने।

(ख) सुधारात्मक कदम चाल्नका लागि सञ्चालक समितिलाई कबुलियतनामा गराउने।

(ग) बारम्बार हुने उल्लङ्घन अन्त गर्न, त्यसबाट अलग रहन र सुधारात्मक कदम चाल्नका लागि लिखित आदेश जारी गर्ने।

(घ) बैङ्कले दिने सेवा निलम्बन वा अन्त गर्ने।

(ङ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाले आफ्नो शेयर होल्डरलाई दिने लाभांशको वितरणमा प्रतिबन्ध लगाउने ।

(च) वाणिज्य बैङ्क वा वित्तीय संस्थाले स्वीकार गर्न सक्ने निक्षेप वा दिन सक्ने कर्जामा प्रतिबन्ध लगाउने।

(छ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कारोबारमा आंशिक वा पूर्ण प्रतिबन्ध लगाउने।

(ज) वाणिज्य बैङ्क वा वित्तीय संस्थाको इजाजतपत्र निलम्बन वा रद्द गर्ने।

२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत बैङ्कले जारी गरेको आदेश वा निर्देशन बैङ्कबाट इजाजतपत्र प्राप्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सञ्चालक वा पदाधिकारी वा कर्मचारीले उल्लङ्घन गरेमा वा निजहरुले निक्षेपकर्ता वा सर्वसाधारणको हित विपरीत काम गरेको वा निरीक्षण तथा सुपरिवेक्षणको सिलसिलामा बैङ्क वा निरीक्षण तथा सुपरिवेक्षण गर्ने अधिकारीले माग गरेको कागजात, विवरण वा तथ्याङ्क तोकिएको समयभित्र पेश नगरेमा त्यस्तो सञ्चालक, पदाधिकारी वा कर्मचारीलाई बैङ्कले देहाय बमोजिमको सजाय गर्न सक्नेछः-

(क) सचेत गराउने वा नसिहत दिने।

(ख) निलम्बनमा राखे।

(ग) पाँच लाख रुपैयाँसम्म नगद जरिबाना गर्ने।

(घ) तलब, भत्ता लगायतका सम्पूर्ण सुविधाहरु दिन बन्द गराउन सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिलाई आदेश दिने।

(ङ) सञ्चालकलाई सञ्चालक पदबाट हटाउन वा पदाधिकारी वा कर्मचारीलाई सेवाबाट अवकाश दिन लगाउन सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सञ्चालक समितिलाई आदेश दिने।

Share this Law

दफा १००: बैङ्कको नियमन उल्लङ्घन गरेमा हुने सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.