परिच्छेद ८ नेपाल सरकारसँगको सम्बन्ध

दफा ७२: वित्तीय एजेन्टको कार्य

Estimated reading: 1 minute 48 views

बैङ्कले नेपाल सरकारसँग भएको सम्झौताका आधारमा निर्धारित शर्त वा सीमाको अधीनमा रही देहायका विषयमा नेपाल सरकारको वित्तीय ऐजेन्टको रुपमा कार्य गर्नेछः-

(क) नेपाल सरकारद्वारा जारी गरिएका ऋणपत्रको खरिद बिक्री गर्ने, बजार व्यवस्था गर्ने, हस्तान्तरण गर्ने र सोको अभिलेख राख्ने जस्ता कारोबार।

(ख) खण्ड (क) बमोजिमको ऋणपत्रको साँवा, ब्याज र अन्य दस्तुरको भुक्तानी।

(ग) एजेन्टको रुपमा गर्नुपर्ने आवश्यक अन्य कार्य।

Share this Law

दफा ७२: वित्तीय एजेन्टको कार्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.