दफा ४१ः खुद आयको बाँडफाँट

Estimated reading: 1 minute 268 views

*१) कुनै आर्थिक वर्षमा बैङ्कले खुद आय आर्जन गरेमा त्यस्तो आयको बाँडफाँट तथा प्रयोग देहाय बमोजिम गर्नु पर्नेछः-

(क) खुद आयबाट पुनर्मूल्याङ्कन नाफा बराबरको रकमलाई पुनर्मूल्याङ्कन जगेडा कोषमा छुट्टयाई राख्नु पर्नेछ ।

(ख) खण्ड (क) बमोजिमको रकम छुट्टयाएपछि कायम हुन आउने वितरणयोग्य खुद आयको पाँच प्रतिशत रकम मौद्रिक दायित्व कोषमा, दश प्रतिशतमा नघट्ने गरी समितिले तोकेको रकम साधारण जगेडा कोषमा, पाँच प्रतिशत रकम वित्तीय स्थायित्व कोषमा तथा समितिले तोके बमोजिमको रकम खुद सञ्चित बचत कोषमा राख्नु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिम रकम विनियोजन गरिसकेपछि समितिले बाँकी बचतबाट अन्य कोषमा आवश्यकता अनुसार रकम विनियोजन गरी बाँकी रहन आउने रकम नेपाल सरकारमा दाखिला गर्नु पर्नेछ ।

(घ) साधारण जगेडा कोषमा रकम छुट्याउँदा बैङ्कको वार्षिक बजेटमा उल्लेख भएको पूँजीगत खर्च समेतलाई पूँजी खाम्ने गरी थप रकम विनियोजन गर्नु पर्नेछ ।

२) साधारण जगेडा कोष र सञ्चित बचत कोषको रकम बैङ्कको पूँजी वृद्धि गर्नका लागि समेत प्रयोग गर्न सकिनेछ।

३) उपदफा (१) र (२) बमोजिम कोषमा जाने रकम बाहेक अन्य रकमका सम्बन्धमा नियममा व्यवस्था भए बमोजिम हुनेछ।

* दोस्रो संशोधनद्वारा संशोधित।

Share this Law

दफा ४१ः खुद आयको बाँडफाँट

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.