दफा २८ः समितिको बैठक

Estimated reading: 0 minutes 336 views

१) समितिको बैठक अध्यक्षता गभर्नरले गर्नेछ।

२) समितिको बैठक बैङ्कको आवश्यकता अनुसार बस्न सक्नेछ ।

तर महिनाको कम्तीमा एक पटक समितिको बैठक बस्नु पर्नेछ।

३) समितिको बैठक गभर्नरले बोलाउनेछ ।

तर समितिका तीनजना सञ्चालकले समितिको बैठक बोलाउन लिखित अनुरोध गरेमा गभर्नरले समितिको बैठक बोलाउनु पर्नेछ।

४) समितिले समितिको बैठक बोलाउने, सञ्चालन गर्ने, मतदान गर्ने, माइन्युट राख्ने तथा अन्य कार्यविधिका सम्बन्धमा एउटा छुट्टै विनियम बनाउन सक्नेछ।

५) समितिको बैठकको अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

तर तीनजना सञ्चालकमध्ये एकजना दफा १४ को खण्ड (घ) बमोजिमको सञ्चालक हुनु अनिवार्य हुनेछ ।

६) बहुमतको निर्णय समितिको निर्णय मानिनेछ। कुनै प्रस्तावको पक्ष र विपक्षमा मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

Share this Law

दफा २८ः समितिको बैठक

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.