दफा ३: बैङ्कको स्थापना

Estimated reading: 0 minutes 292 views

१) केन्द्रीय बैङ्कको कार्य गर्न नेपाल राष्ट्र बैङ्क नामको एउटा केन्द्रीय बैङ्क स्थापना हुनेछ।

२) नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ अन्तर्गत स्थापना भएको नेपाल राष्ट्र बैङ्क यसै ऐन अन्तर्गत स्थापना भएको मानिनेछ ।

३) बैङ्क अविच्छिन्न उत्तराधिकारवाला एक संस्था हुनेछ ।

४) बैङ्कको काम कारबाहीको निमित्त एउटा छुट्टै छाप हुनेछ ।

५) बैङ्कले यस ऐनको अधीनमा रही चल, अचल सम्पत्ति प्राप्त गर्न, उपभोग गर्न, राख, बेच बिखन गर्न र यस्तै अन्य किसिमले व्यवस्था गर्न सक्नेछ ।

६) बैङ्कले आफ्नो नामबाट नालिस उजुर गर्न र बैङ्क उपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ।

७) बैङ्कको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ र बैङ्कले आवश्यकता अनुसार नेपाल 1भित्र वा बाहिर जुनसुकै ठाउँमा शाखा, उपशाखा तथा अन्य कार्यालयहरु खोल्न र एजेण्ट वा प्रतिनिधि नियुक्त गर्न सक्नेछ ।

1गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।

Share this Law

दफा ३: बैङ्कको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.