परिच्छेद-२० विविध

दफा १५१ः मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने

Estimated reading: 0 minutes 54 views

१) मन्त्रालयले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही सहकारी संस्थाको दर्ता, सञ्चालन, निरीक्षण तथा अनुगमन लगायतका काम कारबाहीलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यकता अनुसार मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ।

1१क) बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले मापदण्ड बनाई जारी गर्नेछ ।

२) उपदफा (१) बमोजिम मापदण्ड बनाउँदा सदस्यको बचत सुरक्षण तथा संस्थागत दिगोपनाको लागि अवलम्बन गरिएका अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्डको आधारमा बचत तथा ऋको मुख्य कारोबार गर्ने संस्था वा सङ्घको हकमा छुट्टै मापदण्ड बनाउन सकिनेछ ।

३) उपदफा (१) र (२) बमोजिमको मापदण्ड बनाउँदा आवश्यकता अनुसार नेपाल राष्ट्र बैङ्क र सम्बन्धित अन्य निकायको परामर्श लिन सकिनेछ ।

1सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

Share this Law

दफा १५१ः मापदण्ड, निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.