दफा १३७ः सामाजिक परीक्षण गराउन सक्ने

Estimated reading: 0 minutes 348 views

१) सहकारी संस्थाले विनियममा उल्लिखित उद्देश्य प्राप्त गर्नका लागि समितिबाट भएका निर्णय र कार्य, सदस्यहरूले प्राप्त गरेका सेवा र सन्तुष्टिको स्तर, सेवा प्रापतिबाट सदस्यहरूको जीवनस्तरमा आएको आर्थिक, सामाजिक, सांस्कृतिक तथा वातावरणीय पक्षमा सकारात्मक परिवर्तन लगायतका विषयमा सामाजिक परीक्षण गराउन सक्नेछ।

२) उपदफा (१) बमोजिम भएको सामाजिक परीक्षणको प्रतिवेदन छलफलको लागि समितिले साधारण सभा समक्ष पेश गर्नेछ ।

३) उपदफा (२) बमोजिम पेश भएको सामाजिक परीक्षण प्रतिविदन छलफल गरी साधारण सभाले आवश्यकता अनुसार समितिलाई निर्देशन दिन सक्नेछ ।

४) यस दफा बमोजिमको सामाजिक परीक्षण प्रतिवेदनको एक प्रति सम्बन्धित सहकारी संस्थाले रजिष्ट्रार वा ररजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीसमक्ष तथा सहकारी बैङ्कको हकमा नेपाल राष्ट्र बैङ्क समक्ष समेत पेश गर्नु पर्नेछ।

Share this Law

दफा १३७ः सामाजिक परीक्षण गराउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.