दफा ११६ः सिफारिस गर्न सक्ने

Estimated reading: 0 minutes 313 views

१) समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन वा दायित्व भुक्तानीको काम कारबाहीमा सहयोग नगर्ने वा त्यस्तो काम कारबाहीमा अवरोध सिर्जना गर्ने कुनै निकायको पदाधिकारी वा कर्मचारीलाई विभागीय कारबाही वा अन्य आवश्यक कारबाही गर्न व्यवस्थापन समितिले सम्बन्धित निकाय समक्ष सिफारिस गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम सिफारिस प्राप भएमा अख्तियारवालाले त्यस्तो पदाधिकारी वा कर्मचारीलाई प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी विभागीय वा अन्य आवश्यक कारबाही गर्नु पर्नेछ।

३) व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन वा दायित्व भुक्तानी सम्बन्धी काम कारबाही गर्दा दफा १२२ बमोजिमको कसूर भएको विश्वास गर्नु पर्ने मनासिब आधार देखिएमा यस ऐन बमोजिम अनुसन्धान तहकिकात गरी मुद्दा दायर गर्न अधिकार प्राप्त निकायसमक्ष लेखी पठाउनेछ।

Share this Law

दफा ११६ः सिफारिस गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.