दफा १०८ः दायित्व भक्तानी गर्ने सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 382 views

१) व्यवस्थापन समितिले समस्याग्रस्त संस्था वा सङ्घको दायित्व भुक्तानी गर्नको लागि देहायको प्राथमिकता कायम गर्नु पर्नेछः-

(क) बचत जम्मा गर्दाका बखत निर्धारित शर्त बमोजिम सदस्यलाई बचत भुक्तानी,

(ख) त्यस्तो संस्था वा सङ्घको जायजेथा वा दफा १०६ को खण्ड (ठ) बमोजिमको सम्पत्ति सरकारी बाँकी वक्यौता वा कुनै हकदावी भएमा त्यस्तो बाँकी बक्यौता वा हकदावीको रकम भुक्तानी,

(ग) समस्याग्रस्त संस्था वा सङ्घलाई अर्पाटमेन्ट वा जग्गाको लागि अग्रीम रूपमा रकम बुझाउने व्यक्तिहरूको भुक्तानी,

(घ) समस्याग्रस्त संस्था वा सङ्घका साहहरूलाई रकम भुक्तानी।

२) यस दफा बमोजिम समस्याग्रस्त संस्था वा सङ्घको सम्पूर्ण दायित्व भुक्तानी गर्नको लागि त्यस्तो संस्था वा सङ्घको सम्पत्तिले नखामेमा व्यवस्थापन समितिले सदस्यको बचत फिर्ता तथा अन्य दायित्व भुक्तानी गर्दा दामासाहीको दरले गर्न सक्नेछ । त्यसरी सदस्यको बचत फिर्ता गर्दा व्यवस्थापन समितिले तोकेका साना बचतकर्तालाई प्राथमिकता दिनु पर्नेछ।

Share this Law

दफा १०८ः दायित्व भक्तानी गर्ने सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.