परिच्छेद-१० सहकारी संस्थाको कोष

दफा ६८ः जगेडा कोष

Estimated reading: 1 minute 42 views

१) सहकारी संस्थामा एक जगेडा कोष रहनेछ।

२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमका रकम रहने छन्‌ः-

(क) आर्थिक वर्षको खुद बचत रकमको कम्तीमा पच्चीस प्रतिशत रकम,

(ख) कुनै संस्था, सङ्घ वा निकायले प्रदान गरेको पूँजीगत अनुदान रकम,

(ग) स्थिर सम्पत्ति बिक्रीबाट प्राप्त रकम,

(घ) अन्य श्रोतबाट प्राप्त रकम।

३) उपदफा (१) बमोजिमको कोषको रकम अविभाज्य हुनेछ।

Share this Law

दफा ६८ः जगेडा कोष

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.