परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ७८ः करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुने

Estimated reading: 0 minutes 66 views

१) करारमा पक्ष रहेको व्यक्तिले मात्र अर्को पक्षसँग सो करारको परिपालनाको माग गर्न सक्नेछ ।

 तर कुनै व्यक्तिको हितको निमित्त करार गरिएको भएमा त्यस्तो व्यक्तिले करारको पक्ष नभए पनि परिपालनाको माग गर्न सक्नेछ ।

२) कुनै काम गर्ने वा नगर्ने गरी दुई वा दुईभन्दा बढी व्यक्तिहरूले संयुक्त रूपमा कबुल गरिएको रहेछ भने करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक त्यसरी करार गर्ने सबै व्यक्तिहरूले संयुक्त रूपमा करारको परिपालना गराई पाउन माग गर्न सक्ने छन् ।

Share this Law

दफा ७८ः करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.