परिच्छेद–११ करारको परिपालना तथा करारबाट उत्पन्न दायित्व

दफा ७५ः करारको पारस्परिक परिपालना

Estimated reading: 0 minutes 78 views

१) करारका पक्षहरूले सँगसँगै दायित्व पूरा गर्नु पर्ने गरी करार भएकोमा एक पक्षले आधारभूत रूपमा आफ्नो दायित्व पूरा नगर्ने किसिमको व्यवहार वा मनसाय देखाएमा अर्को पक्षले आफ्नो कबुल पूरा गर्न आवश्यक पर्ने छैन ।

२) करारमा नै कुनै कबुल पूरा गर्ने सम्बन्धमा प्राथमिकताको क्रम तोकिएकोमा सोही बमोजिम र त्यस्तो क्रम नतोकिएकोमा करारको प्रकृति अनुसार जसले पहिले परिपालना गर्नु पर्ने हो उसैले पहिले परिपालना गर्नु पर्नेछ ।

३) पारस्परिक कबुलहरू भएको कुनै करारमा एउटा कबुल पूरा नगरी अर्को कबुल पूरा गर्न नसकिने रहेछ भने कुनै एक पक्षले आफ्नो कबुल पूरा नगरेको कारणले अर्को पक्षबाट करार पालना हुन नसकी भएको हानि नोक्सानी त्यस्तो पक्षले भराई लिन सक्नेछ ।

४) उपदफा (१) बमोजिमको करार भएकोमा कुनै पक्षले अर्को पक्षलाई त्यस्तो करारको परिपालना गर्न नसक्ने गरी रोक लगाएमा करारको परिपालना गर्न असमर्थ हुने पक्षले सो करारलाई बदर गराउन र त्यसरी करार बदर भएको कारणबाट कुनै हानि नोक्सानी परेको भए सो समेत भराई लिन पाउनेछ ।

Share this Law

दफा ७५ः करारको पारस्परिक परिपालना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.