परिच्छेद–७ वस्तु बिक्री सम्बन्धी करार

दफा ४० : वस्तु बिक्री सम्बन्धी करार

Estimated reading: 1 minute 72 views

१) कुनै बिक्रेताले मूल्य लिई कुनै वस्तु क्रेतालाई तत्काल हस्तान्तरण गर्न वा भविष्यमा हस्तान्तरण गर्न मञ्जुर गरेकोमा वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेछ ।

स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “वस्तु” भन्नाले तत्काल प्रचलनमा रहेको मुद्रा, धितोपत्र वा उजुर गरी कार्यान्वयन गर्न सकिने दावी (एक्सनेवल क्लेम) बाहेक खरिद-बिक्री हुन सक्ने कुनै पनि चल सम्पत्ति सम्झनु पर्छ ।

२) वस्तु बिक्री सम्बन्धी करार शर्त बिना वा शर्त सहितको हुन सक्नेछ ।

३) बिक्रेताको स्वामित्व वा भोग चलनमा तत्काल कायम रहेका वस्तु वा निजले भविष्यमा उत्पादन गर्ने वा प्राप्त गर्ने वस्तु बिक्री गर्ने गरी करार गर्न सकिनेछ ।

Share this Law

दफा ४० : वस्तु बिक्री सम्बन्धी करार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.