दफा २८ : नासो लिने व्यक्तिको दायित्व

Estimated reading: 1 minute 483 views

१) नासो लिने व्यक्तिले नासो लिएको धनमाल करारमा उल्लेख भएका शर्त बमोजिम र त्यसरी उल्लेख नभएकोमा निजको आफ्नै धनमाल सरह हेरबिचार तथा सुरक्षा गर्नु पर्नेछ ।

२) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक उपदफा (१) बमोजिम हेरविचार तथा सुरक्षा गर्दा गर्दै पनि नासो लिइएको धनमाल हराएमा, चोरिएमा, बिग्रेमा, नासिएमा, घटेमा वा सो धनमालमा दैवी परेमा नासो लिने व्यक्तिले त्यस्तो धनमाल फिर्ता बुझाउनु पर्ने छैन ।

 तर नासो लिने व्यक्तिको लापर्बाही वा बदनियतबाट वा करारका शर्त बमोजिम हेरबिचार वा सुरक्षा नगरेको कारणबाट सो धनमाल हराएमा, चोरिएमा, बिग्रीएमा, नासिएमा, घटेमा वा नोक्सानी भएमा निजले सो धनमाल वा त्यसको मूल्य बराबरको रकम नासो दिने व्यक्तिलाई दिनु पर्नेछ ।

३) नासो लिने व्यक्तिले नासो लिएको धनमाल करार बमोजिम प्रयोग गर्ने अधिकार नभई प्रयोग गरेमा वा करारका शर्त विपरीत प्रयोग गरेमा त्यस्तो प्रयोगबाट नासो लिएको धनमाल बिग्रेमा, हानि नोक्सानी भएमा, नासिएमा, घटेमा वा नोक्सानी भएमा नासो लिने व्यक्तिले नासो दिने व्यक्तिलाई त्यसको क्षतिपूर्ति दिनु पर्नेछ ।

४) करारमा अन्यथा व्यवस्था भएकोमा बाहेक नासो लिने व्यक्तिले नासो लिएको धनमाल आफ्नो धनमालसँग मिसाउन हुँदैन ।

तर नासो लिने दिनेको सहमतिले नासो लिएको धनमालमा नासो लिनेले आफ्नो धनमाल मिसाएको रहेछ भने त्यस्तो धनमाल तथा सोबाट प्राप्त आम्दानीमा दुवैको आ–आफ्नो हिस्सा बमोजिमको अनुपातमा हक लाग्नेछ ।

५) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको धनमालसँग आफ्नो धनमाल मिसाएको रहेछ र त्यसरी मिसाइएको धनमाल छुट्याउन सकिने रहेछ भने त्यस्तो मिसाएको आ–आफ्नो मालमा निजहरूको आ-आफ्नो हक कायम रहनेछ र त्यसरी मिसाइएको धनमाल छुट्याउन लागेको खर्च र त्यस्तो धनमाल मिसाउँदा नासो दिनेलाई कुनै नोक्सान भएको रहेछ भने सो समेत नासो लिनेले व्यहोर्नु पर्नेछ ।

६) नासो लिनेले नासो दिनेको सहमति बिना नासोको धनमालसँग आफ्नो धनमाल मिसाएकोमा उपदफा (५) बमोजिम छुट्याउन नसकिने भएमा नासो दिनेले मिसाइएको धनमालबाट आफ्नो हिस्सा लिन मन्जुर गरेमा निजको नासो लिनेको धनमालमाथिको हक समाप्त हुनेछ । नासो दिनेले त्यस्तो धनमालबाट आफ्नो हिस्सा लिन स्वीकार नगरेमा नासो लिनेले नासो दिनेको धनमालको क्षतिपूर्ति दिनु पर्नेछ ।

Share this Law

दफा २८ : नासो लिने व्यक्तिको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.