दफा ४२: तदर्थ परिषद्को गठन

Estimated reading: 1 minute 190 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम परिषद्‌को गठन नभएसम्म संस्थाको सदस्य हुन चाहने योग्यता पुगेको व्यक्तिको नाम दर्ता गरी सदस्यता दर्ताको प्रमाणपत्र दिने सम्बन्धमा यस ऐन बमोजिम परिषद्‌ले गर्ने कार्य गर्न र सदस्यहरुमध्येबाट परिष‌द्मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गर्नको लागि देहायका सदस्यहरु रहेको एक तदर्थ परिषद्‌को गठन गरिनेछः-

(क) अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टन्टस् एसोसिएशन – अध्यक्ष

(ख) लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको रुपमा नाम दर्ता गराएका लेखापरीक्षकहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेका तीनजना – सदस्य

(ग) नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत – सदस्य-सचिव

२) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र सदस्यहरुमध्येबाट परिषद्‌मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गरी सक्नु पर्नेछ ।

३) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले आफ्नो बैठक सम्बन्धी कार्यविधि र अन्य कार्य प्रणालीहरु आफैंले निर्धारण गर्न सक्नेछ ।

४) दफा ७ बमोजिम परिषद्‌को गठन भएपछि उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद् स्वतः विघटन हुनेछ । यसरी तदर्थ परिषद् विघटन भएपछि उक्त तदर्थ परिषद्‌ले परिषद्‌को तर्फबाट गरेको सम्पूर्ण काम कारबाही परिषद्‌ले नै गरे सरह मानिनेछ ।

Share this Law

दफा ४२: तदर्थ परिषद्को गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.