दफा १०: परिषद्को बैठक र निर्णय

Estimated reading: 0 minutes 208 views

१) अध्यक्षले तोकेको मिति, समय र स्थानमा कार्यकारी निर्देशकले परिषद्‌को बैठक बोलाउनेछ ।

२) परिषद्‌को बैठक साधारणतया वर्षको ६ पटक बस्नेछ र दुईवटा बैठकको अन्तर तीन महिना भन्दा बढी हुने छैन ।

३) परिषदको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ र अध्यक्ष र उपाध्यक्ष दुवैको अनुपस्थितिमा पार्षदहरूले आफूमध्येबाट छानेको पार्षद्ले परिषद्‌को बैठकको अध्यक्षता गर्नेछ ।

४) कुल पार्षद् सङ्ख्याको पच्चीस प्रतिशत पार्षद्ले परिषद्‌को बैठक बोलाउन आवश्यक छ भनी अध्यक्ष समक्ष लिखित निवेदन दिएमा त्यस्तो निवेदन परेको पन्ध्र दिनभित्र अध्यक्षले कार्यकारी निर्देशकलाई परिषदको बैठक बोलाउन निर्देशन दिनु पर्नेछ ।

५) कुल पार्षद सङ्ख्याको पचास प्रतिशत पार्षद् उपस्थित भएमा बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ ।

६) परिषद्‌को बैठकमा बहुमतको रायलाई परिषद्‌को निर्णय मानिनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।

७) परिषद्‌को निर्णय कार्यकारी निर्देशकद्वारा प्रमाणित गरिनेछ ।

८) परिषद्ले आवश्यक देखेमा नेपाल सरकारको कुनै अधिकृत वा कुनै स्वदेशी वा विदेशी विशेषज्ञ, सल्लाहकार वा लेखा व्यवसायसँग सम्बन्धित लब्ध प्रतिष्ठित व्यक्तिलाई परिषद्‌को बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

९) परिषद्‌को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैले निर्धारण गरे बमोजिम हुनेछ।

Share this Law

दफा १०: परिषद्को बैठक र निर्णय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.