दफा ६४ः मुख्य रोजगारदाताको दायित्व

Estimated reading: 0 minutes 300 views

१) मुख्य रोजगारदाताले इजाजतपत्र प्राप्त श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिकलाई काममा लगाउँदा त्यस्तो आपूर्तिकर्तासँग गरेको सम्झौताका आधारमा लगाउनु पर्नेछ।

२) मुख्य रोजगारदाताले सम्झौता गर्नु अगावै श्रमिकलाई यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएभन्दा कम नहुने गरी पारिश्रमिक र सुविधा प्रदान गर्ने व्यवस्था मिलाई सम्झौता गर्नु पर्नेछ।

३) मुख्य रोजगारदाताले श्रमिक आपूर्तिकर्ता मार्फत काममा लगाएका श्रमिकलाई श्रमिक आपूर्तिकर्ताले नियमित रुपमा पारिश्रमिक तथा सुविधा उपलब्ध गराए वा नगराएको सम्बन्धमा नियमित जानकारी लिनु पर्नेछ।

४) उपदफा (३) बमोजिम जानकारी लिँदा श्रमिक आपूर्तिकर्ताले श्रमिकलाई पारिश्रमिक तथा सुविधा उपलब्ध नगराएको पाइएमा त्यस्तो पारिश्रमिक तथा सुविधा उपलब्ध गराउन मुख्य रोजगारदाताले श्रमिक आपूर्तिकर्तालाई तत्कालै अनुरोध गर्नु पर्नेछ र त्यसको जानकारी विभाग वा कार्यालयलाई समेत दिनु पर्नेछ।

५) उपदफा (४) बमोजिम अनुरोध गर्दा समेत श्रमिकलाई पारिश्रमिक तथा अन्य सुविधा उपलब्ध नगराएमा मुख्य रोजगारदाताले सोको जानकारी विभाग वा कार्यालयलाई दिनु पर्नेछ।

६) उपदफा (५) बमोजिम जानकारी प्रापत भएमा वा श्रमिक आपूर्तिकर्ताले श्रमिकलाई पारिश्रमिक तथा सुविधा उपलब्ध नगराएको भन्ने जानकारी अन्य कुनै तरीकाबाट प्राप्त हुन आएमा विभाग वा कार्यालयले त्यस्तो श्रमिक आपूर्तिकर्ताले इजाजतपत्र प्राप्त गर्दाका बखत राखेको धरौटी वा बैङ्ग ग्यारेण्टीबाट भुक्तानी गरी दिन सक्नेछ।

७) मुख्य रोजगारदाताले व्यवसायजन्य स्वास्थ्य र सुरक्षाका लागि कार्यस्थलमा अपनाउनु पर्ने उपाय तथा व्यवस्था वा बन्दोवस्त गर्नु पर्नेछ।

८) श्रमिक आपूर्नितकर्ता र मुख्य रोजगारदातावीच सम्झौता भइसकेपछि प्रचलित कानून बमोजिम श्रमिकलाई प्रदान गर्नुपर्ने पारिश्रमिक वा सुविधामा वृद्धि भएमा त्यस्तो वृद्धि भएको पारिश्रमिक वा सुविधा मुख्य रोजगारदाताले थप गरी भुक्तानी गर्नु पर्नेछ।

९) मुख्य रोजगारदाता आफै संलग्न भई वा रोजगारदाताको तर्फबाट निजको व्यवस्थापक वा संचालक वा परिवारका सदस्य संलग्न भई स्थापना भएको प्रतिष्ठानबाट श्रमिक आपूर्ति गर्न पाइने छैन।

१०) रोजगारदाताको दायित्व सम्बन्धी अन्य व्यवस्था तोकिए वमोजिम हुनेछ।

Share this Law

दफा ६४ः मुख्य रोजगारदाताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.