दफा ८: पैठारीकर्ताको दायित्व

Estimated reading: 0 minutes 204 views

१) विदेशी विनिमयमा भुक्तानी हुने गरी कुनै पनि व्यक्ति फर्म, कम्पनी वा संस्थाले नेपालभित्र प्रतीतपत्र खोली वा अन्य कुनै प्रकारले कुनै मालसामान पैठारी गर्दा बैङ्कले तोकिदिएको समयभित्र त्यस्तो मालसामानको पैठारी गरी बैङ्कले तोकिदिए को पैठारी बमोजिमको कागजात बैङ्क समक्ष पेश गर्नुपर्नेछ ।

२) पैठारीको लागि भुक्तानी गर्ने विदेशी विनिमयको प्रकार र प्रक्रिया सम्बन्धी व्यवस्था बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रशारण गरी तोकिदिए बमोजिम हुनेछ।

३) बैङ्कको पूर्व स्वीकृति लिएको अवस्थामा बाहेक पैठारीकर्ताले प्रतीतपत्रमा घोषणा गरेको मालसामान सोही प्रतीतपत्रमा उल्लेख गरेको मूल्य र परिमाण बमोजिम नै पैठारी गर्नुपर्नेछ ।

तर प्रतीतपत्रमा संशोधन गरिएको अवस्थामा संशोधित मूल्य र परिमाण बमोजिमको मालसामान पैठारी गर्न बाधा पर्नेछैन।

४) कुनै पैठारीकर्ताले वाणिज्य बैङ्कमा पैठारीको लागि प्रतीतपत्र खोल्दा अर्को कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था जमानी बसेको वा सो सम्बन्धी कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संलग्न भएको अवस्थामा उक्त कारोबारमा कुनै प्रकारले विदेशी मुद्राको हिनामिना वा अपचलन भएमा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी मुद्रा हिनामिना वा अपचलन गरे वापत जमानी बस्ने वा सो सम्बन्धी कार्यमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले संलग्न हुने व्यक्ति, फर्म, कम्पनी वा संस्था उपर समेत यस ऐन बमोजिम सजाय हुनेछ।

५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि ज्ञान तथा सूचनामूलक प्रविधिको पैठारी र सोको भुक्तानी गर्ने प्रक्रिया बैङ्कले सार्वजनिक सूचना प्रकाशन र प्रसारण गरी तोकिदिए बमोजिम हुनेछ।

६) पैठारीकर्ताले सही विजकीकरण गर्नुपर्नेछ। सो नहुने र नगर्ने जस्ता काम र सोसँग सम्बन्धित कुनै पनि काम गर्नु हुँदैन।

Share this Law

दफा ८: पैठारीकर्ताको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.