दफा ४०: सामाजिक सुरक्षा पाउने योग्यदानकर्ताको अभिलेख र दर्ता

Estimated reading: 0 minutes 5 views

१) सामाजिक सुरक्षा प्राप्त गर्न योग्यदानकर्ता समितिले तोके बमोजिमको अभिलेख प्रणालीमा आबद्ध हुनु पर्नेछ ।

२) उपदफा (१) को प्रयोजनको लागि समितिले नेपालमा उपलब्ध सबै प्रकारका अभिलेख प्रणालीबाट सूचना र व्यक्तिगत विवरण प्राप्त गर्न सक्नेछ ।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि “नेपालमा उपलब्ध सबै प्रकारका अभिलेख प्रणाली” भन्नाले स्थानीय तहको व्यक्तिगत घटना दर्ता अभिलेख, निर्वाचन आयोगले तयार गरेको मतदाता नामावलीमा सङ्ग्रहित तस्बिर तथा अन्य जैविक सूचना सहितको विवरण, राष्ट्रिय परिचयपत्रका लागि तयार भएको विवरण, गरिब घरपरिवार परिचयपत्रका लागि तयार भएको विवरण, कर्मचारी अक्षय कोष, नागरिक निकाय, कोषमा, शिक्षक, प्रहरी, प्रहरी तथा सैनिक किताबखाना, निजी विद्यालय, सार्वजनिक संस्थान र प्रचलित कानून बमोजिम स्थापना भएका उद्योग, कम्पनी, संस्था, संघ, फर्म वा प्रतिष्ठानमा रहेको योगदानकर्ताको वैयक्तिक विवरणको अभिलेख सम्झनु पर्छ ।

३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कोषमा व्यक्तिको अभिलेख दर्ता प्रक्रियाको लागि नेपालमा उपलब्ध सबै प्रकारका अभिलेख प्रणालीमा रहेको व्यक्तिगत विवरणको अभिलेखमा कोषको पहुँच रहनेछ ।

Share this Law

दफा ४०: सामाजिक सुरक्षा पाउने योग्यदानकर्ताको अभिलेख र दर्ता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.