दफा २६: कोषको स्थापना

Estimated reading: 1 minute 3 views

१) सामाजिक सुरक्षाको सञ्चालन र व्यवस्थापन गर्न सामाजिक सुरक्षा कोषको स्थापना गरिएको छ । यो कोष आवर्ती कोष (रिमिलबण्ड फण्ड) को रूपमा रहनेछ ।

२) उपदफा (१) बमोजिमको कोषमा देहाय बमोजिमको रकम रहनेछ:-

(क) सामाजिक सुरक्षा योजनाको प्रयोजनको लागि योगदानकर्ता र रोजगारदाताबाट योगदान स्वरूप प्राप्त रकम,

(ख) श्रम सम्बन्धी प्रचलित कानून बमोजिम प्रत्येक महिना श्रमिकको आधारभूत पारिश्रमिकबाट दश प्रतिशत रकम तथा रोजगारदाताबाट सञ्चय कोषबापत थप गरिएको रकम,

(ग) श्रम सम्बन्धी प्रचलित कानून बमोजिम रोजगारदाताले उपदान, निवृत्तिभरण र अन्य सुविधाबापत श्रमिकलाई उपलब्ध गराउनु पर्ने रकम,

(घ) बोनस सम्बन्धी प्रचलित कानून बमोजिम राष्ट्रियस्तरको कल्याणकारी कोषमा जम्मा भएको र जम्मा हुन आउने रकम,

(ङ) सामाजिक सुरक्षा करारमा हालसम्म संलग्न र भविष्यमा संलग्न हुने रकम,

(च) नेपाल सरकारबाट प्राप्त अनुदान,

(छ) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघसंस्थाबाट प्राप्त अनुदान, सहयोग वा ऋण रकम,

(ज) कोषको रकम लगानीबाट प्राप्त हुने ब्याज तथा मुनाफाको रकम,

(झ) नेपाल सरकारबाट ऋण स्वरूप हुने रकम, र

(ञ) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।

३) ……………………………………………………

४) उपदफा (२) को खण्ड (छ) बमोजिम रकम प्राप्त गर्नु अघि कोषले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

५) उपदफा (२) बमोजिम कोषमा प्राप्त हुने रकम यस ऐनको अधीनमा रही प्रचलित बैङ्क तथा वित्तीय संस्था सम्बन्धी कानून बमोजिम वित्तीय कारोबार गर्न इजाजत प्राप्त “क” वर्गको बैङ्क वा वित्तीय संस्था खाता खोली जम्मा गरिनेछ ।

६) उपदफा (५) बमोजिम कोषको खाता सञ्चालन कार्यकारी निर्देशक र लेखा प्रमुखको संयुक्त हस्ताक्षरबाट हुनेछ ।

Share this Law

दफा २६: कोषको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.