दफा ४: विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्ने

Estimated reading: 1 minute 267 views

१) विद्युतीय व्यापार सञ्चालन गर्ने प्रत्येक व्यवसायीले विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्नेछ।

तर लघु उद्यमी वा सो सरहको घरेलु उद्यमीले अन्य विद्युतीय प्लेटफर्म प्रयोग गरी विद्युतीय व्यापार गर्न बाधा पर्ने छैन।

२) उपदफा (१) बमोजिमको प्लेटफर्ममा व्यवसायीले आफ्नो व्यापार वा व्यवसायको सम्बन्धमा क्रेताले चाहेको बखत सुसूचित निर्णय लिन सक्ने गरी कम्तीमा देहायका विवरण उल्लेख गर्नु पर्नेछः-

(क) विद्युतीय प्लेटफर्मको नाम,

(ख) व्यवसायको नाम, ठेगाना, दर्ता भएको निकाय र दर्ता प्रमाणपत्र नम्बर,

(ग) व्यवसायीको रजिस्टर्ड कार्यालय, प्रधान कार्यालय र कारोबार हुने शाखा तथा आउटलेट भए सो समेतको विवरण,

(घ) कुनै खास किसिमको व्यवसाय सञ्चालन गर्न छुट्टै अनुमतिपत्र प्राप्त गरेको भए सोको विवरण,

(ङ) मध्यस्थ वा सूचीमा आधारित विद्युतीय व्यापारमध्ये कुन व्यवसाय गर्ने हो, सोको विवरण,

(च) मूल्य अभिवृद्धि कर दर्ता नम्बर वा स्थायी लेखा नम्बर,

(छ) व्यवसायीलाई सम्पर्क गर्ने इमेल, टेलिफोन, मोबाइल नम्बर, टेलिफ्याक्स, सामाजिक सञ्जालको ठेगाना (लिङ्क) र ग्राहक सेवाको लागि निर्धारित इमेल, टेलिफोन तथा मोबाइल नम्बर,

(ज) गुनासो सुनुवाई गर्ने जिम्मेवार व्यक्ति वा एकाइको इमेल, टेलिफोन वा मोबाइल नम्बर र ठेगाना, र

(झ) दफा ५ बमोजिम विद्युतीय व्यापार पोर्टलमा सूचीकृत भएपछि प्राप्त सूचीकरण नम्बर।

३) उपदफा (२) बमोजिमको विवरणमा कुनै परिवर्तन भएमा व्यवसायीले त्यस्तो परिवर्तन भएको समयले अठचालिस घण्टाभित्र आफ्नो विद्युतीय प्लेटफर्ममा विवरण अद्यावधिक गर्नु पर्नेछ ।

४) उपदफा (२) बमोजिमको विवरण पूर्ण, स्पष्ट र सहज रूपमा उपभोक्तालाई उपलब्ध हुन सक्ने गरी उल्लेख गर्नु पर्नेछ ।

Share this Law

दफा ४: विद्युतीय प्लेटफर्म स्थापना गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.