दफा ११: आधिकारिक ट्रेड युनियनको मान्यता

Estimated reading: 0 minutes 4 views

दफा ११: आधिकारिक ट्रेड युनियनको मान्यता

१) आधिकारिक ट्रेड युनियनको निर्वाचनमा सम्बन्धित प्रतिष्ठानको कामदारहरूको बहुमत प्राप्त गर्ने प्रतिष्ठानस्तरको ट्रेड यूनियन कामदारहरूको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदावाजी गर्न मान्यता प्राप्त आधिकारिक ट्रेड यूनियन मानिनेछ।

१क) कुनै प्रतिष्ठानमा एउटा मात्र ट्रेड यूनियन दर्ता भएकोमा सो भएको मितिले तीन महिनाभित्र अर्को ट्रेड युनियन दर्ता नभएमा पहिले दर्ता भएको ट्रेड युनियनलाई नै आधिकारिक ट्रेड युनियनको रूपमा मान्यता दिनेछ।

१ख) उपदफा (१क) बमोजिमको तीन महिनाको समयावधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिदेखि गणना गरिनेछ।

२) उपदफा (१) वा (१क) बमोजिम मान्यता प्राप्त आधिकारिक ट्रेड युनियनले त्यसरी मान्यता प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सो कुराको लिखित सूचना पञ्जिकाधिकारी र व्यवस्थापकलाई दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको मितिले पन्ध्र दिनभित्र पञ्जिकाधिकारीले तोकिए बमोजिम आधिकारिक ट्रेड युनियनको प्रमाणपत्र दिनु पर्नेछ।

४) आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ११: आधिकारिक ट्रेड युनियनको मान्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.