दफा ९: उद्देश्य

Estimated reading: 1 minute 3 views

दफा ९: उद्देश्य

१) ट्रेड युनियनको उद्देश्य देहाय बमोजिम हुनेछ:-

(क) कामदारहरूको कामको अवस्थामा सुधार गरी तिनीहरूको आर्थिक र सामाजिक समुन्नतिको लागि कार्यरत रहने,

(ख) कामदार र व्यवस्थापक बीच राम्रो सम्बन्ध राख्न प्रयत्न गर्ने,

(ग) प्रतिष्ठानको उत्पादकत्वमा वृद्धि गरी प्रतिष्ठानको विकास गर्नमा सघाउ पुर्‍याउने,

(घ) कामदारहरूलाई कर्तव्यनिष्ठा र अनुशासित बनाउन प्रयत्नशील रहने।

२) उपदफा (१) मा लेखिएका उद्देश्यहरूका अतिरिक्त ट्रेड यूनियन संघ र ट्रेड यूनियन महासंघको उद्देश्य देहाय बमोजिम हुनेछ:

(क) कामदारहरूलाई शिक्षा दिने सम्बन्धमा कार्यक्रमहरू सञ्चालन गर्ने,

(ख) कामदारहरूको हितको निमित्त अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँग सम्पर्क कायम राख्ने,

(ग) श्रम नीति तर्जुमा गर्ने सम्बन्धमा नेपाल सरकारलाई आवश्यक परामर्श प्रदान गर्ने,

(घ) कामदारहरूको सामाजिक एवं आर्थिक स्तरको विकास गर्न आवश्यक कार्यशाला, गोष्ठी, सेमिनार आदि सञ्चालन गरी कामदारहरूलाई उपयोगी हुने तथ्यहरू प्रकाशन गर्ने,

(ङ) कामदारहरूको हक हितको संरक्षण र संवर्धन गर्ने सम्बन्धमा नेपाल सरकारसँग वार्ता गर्ने र प्रचलित कानूनको अधीनमा रही अन्य आवश्यक उपायहरू अपनाउने।

Share this Law

दफा ९: उद्देश्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.