दफा २८: बचाउ

Estimated reading: 1 minute 40 views

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा लेखिए जति कुरामा सोही बमोजिम र अरूमा प्रचलित नेपाल कानून बमोजिम हुनेछ।


द्रष्टव्यः

(१) बोनस (पहिलो संशोधन) ऐन २०३४ द्वारा रुपान्तर भएको शब्दः-

“प्रबन्धक” को सट्टा “व्यवस्थापक” ।

(२) बोनस (चौथो संशोधन) ऐन २०४९ को दफा १७ र १८ निम्न बमोजिम रहेका छन्ः

१७. खारेजीः मूल ऐनको दफा १७, १८, १९, २२ र २६ खारेज गरिएका छन् ।

१८. रुपान्तरः मूल ऐनको दफा ४९ र १४ मा प्रयोग भएका “श्रम विभाग” भन्ने शब्दहरुको सट्टा “श्रम कार्यालय” भन्ने शब्दहरु राखी रुपान्तर गरिएको छ ।”

(३) केही नेपाल कानून संशोधन गर्ने ऐन २०६३ द्वारा रुपान्तर भएका शब्दहरुः-

“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।

(४) गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा रुपान्तर भएका शब्दहरुः-

“कम्पनी ऐन २०५३” को सट्टा “कम्पनी ऐन, २०६३” ।

(५) न्याय प्रशासन ऐन, २०७३ द्वारा रुपान्तर भएका शब्दहरुः-

“पुनरावेदन अदालत” को सट्टा “उच्च अदालत” ।

(मिति २०८१।११।०६ गते अद्यावधिक गरेको)

Share this Law

दफा २८: बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.