दफा ११: पेश्की स्वरुप बोनस वितरण गर्न सकिने

Estimated reading: 0 minutes 164 views

१) कुनै प्रतिष्ठानले वासलात तथा नाफा नोक्सानीको विवरण दफा ४ को उपदफा (१) बमोजिमको म्यादभित्र पठाउन नसकेको वा दफा ४ को उपदफा (२) बमोजिम पेश गरेको वासलात तथा नाफा नोक्सानीको विवरणको सम्बन्धमा सम्बन्धित श्रम कार्यालयले कैफियत तलब र जाँच गरेको कारणले दफा ९ बमोजिमको अवधिभित्र बोनस वितरण हुन नसक्ने भएमा त्यस्तो प्रतिष्ठानको व्यवस्थापकले मोटामोटी हिसाब गरी हुन आउने खुद मुनाफाको कम्तीमा पाँच प्रतिशत बोनस बाँड्नु पर्नेछ।

२) उपदफा (१) बमोजिम वितरण गरेको बोनसको रकम पछि वासलात तथा नाफा नोक्सानीको विवरण तयार भए पछि वा अन्तिम टुङ्गो लागेपछि बोनस बापत वितरण गर्न ठहरिएको रकमभन्दा कम रकम वितरण भएको रहेछ भने जे जति कम रकम वितरण भएको हो सो बराबरको रकमलाई दामासाहीले हिसाब गरी पुनः कर्मचारीहरुलाई वितरण गर्नु पर्नेछ ।

३) उपदफा (२) बमोजिम बोनस बापत वितरण गर्न ठहरिएको रकमभन्दा बढी बोनस वितरण भएको रहेछ भने जे जति बढी बोनस वितरण भएको हो सो रकमलाई अर्को आर्थिक वर्षमा सोधभर्ना गर्नको लागि खुद मुनाफाको हिसाब गर्दा कट्टा गर्नु पर्छ।

Share this Law

दफा ११: पेश्की स्वरुप बोनस वितरण गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.