दफा ९६ः निरीक्षक वा कर्मचारीको दायित्व

Estimated reading: 0 minutes 401 views

१) दफा ९५ बमोजिम प्रतिष्ठान वा कार्यस्थल निरीक्षण गर्न खटिएको निरीक्षक वा कर्मचारीको दायित्व देहाय बमोजिम हुनेछ:

(क) प्रतिष्ठान वा कार्यस्थलमा प्रवेश गर्दा आफ्नो परिचयपत्र देखाएर मात्र प्रवेश गर्ने,

(ख) कुनै रजिष्टर,कागजात वा अभिलेख वा सामान आफ्नो नियन्त्रणमा लिँदा सो बुझिलिएको लिखित भर्पाइ दिने,

(ग) उनजुरीकर्ताले आफ्नो पहिचान गोप्य राखिदिन अनुरोध गरेमा निजको पहिचान गोप्य राखिदिने,

(घ) प्रतिष्ठान वा कार्यस्थलको काममा बाधा नपर्ने गरी आफ्नो पदीय कर्तव्य पालना गर्ने, र

(ङ) निरीक्षण गर्दा प्राप्त गरेको सूचना वा जानकारी वा तथ्याङ्ग कानून बमोजिम प्रकट गर्नु पर्ने अवस्थामा बाहेक गोप्य राख्ने ।

२) प्रतिष्ठान वा कार्यस्थल निरीक्षण गर्न खटिएको निरीक्षक वा कर्मचारीले उपदफा (१) बमोजिमको कर्तव्य पालना नगरेमा, अशोभनीय वा पदीय कर्तव्य विपरीतको कुनै काम गरेमा वा बदनियतपूवर्क कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याएमा सम्बन्धित व्यक्तिले सोको जानकारी कार्यालय मार्फत अख्तियारवाला समक्ष दिनु पर्नेछ।

३) उपदफा (२) बमोजिम निरीक्षक वा कर्मचारीलाई आवश्यक छानविन गर्दा दोषी पाइएमा अख्तियारवालाले प्रचलित कानून बमोजिम विभागीय सजाय गर्न सक्नेछ।

Share this Law

दफा ९६ः निरीक्षक वा कर्मचारीको दायित्व

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.