दफा ८४ः चिया बगानका श्रमिक सम्बन्धी विशेष व्यवस्था

Estimated reading: 1 minute 374 views

१) चिया बगानका श्रमिकप्रति रोजगारदाताको दायित्व देहाय बमोजिम हुनेछ–

(क) चिया बगान नजिक बसोबास नभएका चिया बगानका श्रमिक तथा निजका आशित परिवारलाई चिया बगानभित्र उपयुक्त आवासको प्रबन्ध गर्ने,

(ख) चिया बगानका श्रमिक तथा निजका आश्रित परिवारका सदस्यलाई सानातिना चोटपटकको नि:शुल्क प्राथमिक उपचार गर्ने र सोको लागि तालिमप्राप्त व्यक्ति सहित स्वास्थ्योपचार सामग्रीको प्रबन्ध गर्ने,

(ग) चिया बगान नजिक बजार सुविधा नभएमा दैनिक उपभोग्य बस्तु सरल तरिकाबाट उपलव्ध हुन सक्ने व्यवस्था मिलाउने,

(घ) चिया बगानका श्रमिक तथा निजको आश्रित परिवारका सदस्यको शारीरिक तथा मानसिक विकासका लागि खेलकूद तथा मनोरञ्जनको समुचित व्यवस्था मिलाउने।

स्पष्टीकरण: यस दफाको प्रयोजनको लागि:-

(१) “चिया बगान” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भएको चिया बगान सम्झनु पर्छ र सो शब्दले चिया वगानभित्र स्थापना भएको कारखाना, अन्य भौतिक पूर्वाधार तथा सोको परिसर समेतलाई जनाउँछ।

(२) “चिया बगानका श्रमिक” भन्नाले चिया बगानको जग्गामा खन्ने, जोत्ने, सम्याउने, झोर्ने, छर्ने, रोप्ने, गोड्ने, काट्ने, टिप्ने, उखेल्ने वा त्यस्तै अन्य काम गर्ने श्रमिक सम्झनु पर्छ र सो शब्दले चिया प्रशोधन गर्ने तथा चिया बगानको अन्य कुनै काममा संलग्न श्रमिक समेतलाई जनाउँछ।

(३) “आश्चित परिवार” भन्नाले चिया बगानका श्रमिकसँगै बस्ने तथा निजले पालन पोषण गर्नु पर्ने निजको परिवार सम्झनु पर्छ।

२) चिया वगानको कुनै काम सम्पन्न गर्ने सम्बन्धमा चिया बगानमा काम गर्ने श्रमिक र रोजगारदाताबीच सम्झौता गर्न यो दफाले वाधा पुश्याएको मानिने छैन।

Share this Law

दफा ८४ः चिया बगानका श्रमिक सम्बन्धी विशेष व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.