दफा ३: प्रवेश, उपस्थिति र प्रस्थान सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 3 views

१) कुनै पनि विदेशीले राहदानी र भिसा नलिई नेपालभित्र प्रवेश गर्न र नेपालमा बस्न पाउने छैन।

२) भिसाको प्रकार, दस्तुर तथा भिसा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३) नेपालको तोकिएको क्षेत्रमा पदयात्रा गर्न चाहने विदेशीले भिसाको साथै तोकिए बमोजिम अनुमति लिनु पर्नेछ ।

४) पदयात्रा सम्बन्धी दस्तुर तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

५) कुनै पनि विदेशीले नेपालभित्र प्रवेश गर्ने र नेपालबाट प्रस्थान गर्ने स्थल तोकिए बमोजिम हुनेछ।

६) नेपालबाट विदेश प्रस्थान गर्ने वा नेपालमा आउने नेपाली नागरिकहरूको प्रस्थान तथा आगमन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३: प्रवेश, उपस्थिति र प्रस्थान सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.