परिच्छेद ३ बोलपत्र सम्बन्धी व्यवस्था

दफा २०: बोलपत्र मान्य हुने अवधि

Estimated reading: 0 minutes 7 views

१) बोलपत्र मान्य हुने अवधि बोलपत्र सम्बन्धी कागजातमा उल्लेख भए बमोजिम हुनेछ ।

२) उपदफा (१) बमोजिमको अवधिको गणना बोलपत्र पेश गर्ने अन्तिम मितिबाट प्रारम्भ हुनेछ ।

३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक निकायले बोलपत्र खोलेपछि बोलपत्र मान्य हुने अवधि बढाउनु पर्ने भएमा सोको कारण खुलाई आवश्यकतानुसार बोलपत्र मान्य हुने अवधि बढाउन सक्नेछ ।

४) उपदफा (३) बमोजिम बोलपत्र मान्य हुने अवधि बढाउँदा सम्बन्धित बोलपत्रदाताको मञ्जुरी लिनुपर्नेछ ।

५) उपदफा (४) बमोजिमको बोलपत्र मान्य हुने अवधि बढाउन मज्जुर गर्ने बोलपत्रदाताले बोलपत्र जमानतको अवधि बोलपत्र मान्य हुने अवधि बढाए जत्तिकै अवधि बढाउनु पर्नेछ ।

६) उपदफा (४) बमोजिम मञ्जरी नदिने बोलपत्रदाताको जमानत फिर्ता गर्नु पर्नेछ ।

Share this Law

दफा २०: बोलपत्र मान्य हुने अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.