दफा ३५ः गुनासो व्यवस्थापन

Estimated reading: 0 minutes 252 views

१) प्रचलित कानून बमोजिम उच्योगको दर्ता, नियमन वा अनुगमन गर्ने अधिकारी वा एकल बिन्दु सेवा केन्द्रको कुनै अधिकारीले गरेको कुनै काम कारबाहीका सम्बन्धमा विदेशी लगानीकर्ता वा उद्योगको कुनै गुनासो भए निजले सो व्यहोरा खोली विभाग समक्ष सुनुवाइको लागि निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम प्राप्त गुनासोलाई विभागले तोकिए बमोजिम सम्बोधन गर्नेछ।

३) विभाग वा एकल बिन्दु सेवा केन्द्रबाट भएको कुनै काम कारबाहीको सम्बन्धमा विदेशी लगानीकर्ता वा उद्योगको कुनै गुनासो भए निजले सो व्यहोरा खोली मन्त्रालय समक्ष सुनुवाइको लागि निवेदन दिन सक्नेछ।

४) उपदफा (३) बमोजिम प्राप्त गुनासोलाई मन्त्रालयले तोकिए बमोजिम सम्बोधन गर्नेछ ।

Share this Law

दफा ३५ः गुनासो व्यवस्थापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.