दफा २६ः विदेशी मुद्राको सुविधा

Estimated reading: 1 minute 349 views

१) विदेशी लगानी भएका उद्योगले विदेशी लगानी स्वीकृत गर्ने निकायको सिफारिसमा नेपाल राष्ट्र बैंकको स्वीकृति लिई देहायको प्रयोजनका लागि आवश्यक पर्ने रकमको लागि विदेशी मुद्राको सुविधा प्राप्त गर्न सक्नेछः-

(क) दफा २७ बमोजिम उद्योगमा काम लगाइएका विदेशी विशेषज्ञ, प्राविधिक वा व्यवस्थापकीय कर्मचारीले पाउने पारिश्रमिक भुक्तानी गर्न,

(ख) दफा ११ को उपदफा (१) बमोजिम जारी भएको ऋणपत्र वा डिवेच्चरको सावाँ वा ब्याज भुक्तानी गर्न,

(ग) दफा २० बमोजिम विदेशी लगानी वा आर्जित रकम फिर्ता लैजान।

२) उपदफा (१) बमोजिम नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि विदेशी लगानी भएका उद्योगले स्वीकृत भए बमोजिमको रकम त्यस्तो उद्योगको दफा २५ बमोजिमको खातामा रहेको विदेशी मुद्राबाट भुक्तानी वा प्रयोग गर्न सक्नेछ।

३) दफा २७ बमोजिम उद्योगमा काम लगाइएका विदेशी विशेषज्ञ , प्राविधिक वा व्यवस्थापकीय कर्मचारीले प्रचलित कानून बमोजिम नेपालमा आयकर दाखिला गरी निजले पाउने पारिश्रमिक को रकममध्ये बचत हुन आएको रकम परिवर्त्य विदेशी मुद्रामा निजको मुलुकमा लैजान सक्नेछ ।

४) उपदफा (२) वा (३) बमोजिम परिवर्त्य विदेशी मुद्रा सटही गर्दा वा लैजाँदा खुला बजार विनिमयदरबाट गर्नुपर्नेछ।

Share this Law

दफा २६ः विदेशी मुद्राको सुविधा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.