दफा २२ः विभागको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 320 views

यस ऐनमा अन्यत्र लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त विभागको अन्य काम , कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) विदेशी लगानीमा स्थापित हुने उद्योगहरु स्थापना र सञ्चालनको लागि सहज वातावरण सृजना गर्ने,

(ख) प्रचलित कानून बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण , वातावरणीय प्रभाव मूल्याङ्कक लगायतका कुनै स्वीकृति वा अनुमतिपत्र प्राप्त गर्नका लागि विदेशी लगानीकर्तालाई सहजीकरण गर्ने,

(ग) यस ऐन वा प्रचलित कानून बमोजिम स्वीकृत भएका वा अनुमति प्राप्त गरेका विदेशी लगानी तथा नेपालमा हस्तान्तरण भएको प्रविधिको अच्यावधिक अभिलेख राख्ने , त्यसलाई अद्यावधिक गर्ने र आवधिक रुपमा सार्वजनिक गर्ने,

(घ) विदेशी लगानीकर्ता तथा विदेशी लगानी भएका उद्योगमा दफा २ ७ बमोजिम कार्यरत विदेशी विशेषज्ञ , प्राविधिक वा व्यवस्थापकीय कर्मचारीलाई लगानी तथा पारिश्वमिक फिर्ता लैजान स्वीकृति दिने,

(ङ) विदेशी लगानीलाई पारदर्शी बनाउन तथा प्रक्रियागत सरलीकरण गर्न कार्य सञ्चालन कार्यविधि (स्टाण्डर्ड अपरेटिङ्ग प्रोसि ड्युर) बनाई लागू गर्ने,

(च) विदेशी लगानीकर्ता र निजका आधिकारिक प्रतिनिधि तथा विदेशी लगानी भएका उद्योगमा दफा र ७ बमोजिम कार्यरत विदेशी विशेषज्ञ, प्राविधिक वा व्यवस्थापकीय कर्मचारी र निजका परिवारका नाबालक सदस्यलाई भिसाको लागि सिफारिस गर्ने तथा सोको लागि सहजीकरण गर्ने,

(छ) बिदेशी लगानी भएका उद्योगले यस ऐन बमोजिम दिइएको सुविधाको दुरुपयोग गरे वा नगरको नियमित सुपरीवेक्षण तथा अनुगमन गर्ने,

(ज) विदेशी लगानी भएका उच्योगको लागि औद्योगिक क्षेत्र वा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापनाका लागि सहजीकरण गर्ने,

(झ) तोकिए बमोजिमका अन्य काम गर्ने, गराउने।

Share this Law

दफा २२ः विभागको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.