दफा ३१ः जग्गा सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 304 views

१) विदेशी लगानीकर्ताले उद्योगको लागि आवश्यक पर्ने जग्गा प्रचलित कानून बमोजिम आफैले खरिद गरी वा अन्य उपायद्वारा जग्गाको व्यवस्था गर्नुपर्नेछ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि तोकिए बमोजिमको उद्योग सञ्चालनको लागि विदेशी लगानीकर्ता आफैले आवश्यक जग्गा खरिद गर्न वा व्यवस्था गर्न नसकेमा त्यसको व्यहोरा खुलाई जग्गा खरिद गर्न वा प्राप्त गरिदिन अनुरोध गरमा विदेशी लगानी स्वीकृत गर्ने निकायले त्यसको लागि आवश्यक सिफारिस, समन्वय र सहजीकरण गर्नेछ ।

३) विदेशी लगानीमा सञ्चालित वा सञ्चालन हुने उद्योगलाई उद्योग स्थापना तथा सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा आवश्यक पर्ने भएमा प्रचलित कानून बमोजिम हुने गरी उद्योग दर्ता गर्ने निकायले आवश्यक सिफारिस, समन्वय र सहजीकरण गर्नेछ । त्यसरी हदबन्दी नलागेको जग्गा जुन प्रयोजनको लागि खरिद गरेको हो सोही प्रयोजनको लागि मात्र उपयोग गर्न पाइनेछ।

४) विदेशी लगानी भएका उद्योगको लागि जग्गा लिजमा उपलब्ध गराउने तथा जग्गाको हदबन्दी सम्बन्धी अन्य व्यवस्था औद्योगिक व्यवसाय ऐन र प्रचलित कानून बमोजिम हुनेछ।

५) विदेशी लगानीमा सञ्चालन हुने उद्योगलाई उपलब्ध गराईने जग्गा सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३१ः जग्गा सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.