दफा २७ः विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 277 views

१) विदेशी लगानी भएको उद्योगको उच्च व्यवस्थापनमा विशेषज्ञ, उच्च प्राविधिक, व्यवस्थापकीय कर्मचारी वा प्राविधिक कर्मचारीको पूर्ति गर्दा नेपाली नागरिकबाट गर्नुपर्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि उद्योगको उच्च व्यवस्थापनमा विशेषज्ञ, उच्च प्राविधिक, व्यवस्थापकीय कर्मचारी वा प्राविधिक कर्मचारीको पूर्ति नेपाली नागरिकबाट हुन नसक्ने भएमा र त्यस्तो उद्योगमा अन्य देशका प्राविधिक वा विशेषज्ञ मार्फत प्राविधिक ज्ञान वा सीप हस्तान्तरण गर्नु पेरमा प्रचलित कानून बमोजिम विदेशी नागरिकलाई काममा लगाउन सकिनेछ।

३) उपदफा (२) बमोजिम काममा लगाइएको विदेशी नागरिक सम्बन्धी विवरण सम्बन्धित उद्योगले विभागलाई उपलब्ध गराउनु पर्नेछ। विभागले त्यस्तो विवरण अर्थ मन्त्रालाय, गृह मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समेत उपलब्ध गराउनेछ ।

४) उपदफा (२) बमोजिम विदेशी लगानी भएका उद्योगमा काममा लगाइएका कर्मचारी एवं कामदारले प्रचलित नेपाल कानून अनुसारका शर्त पालना गर्नुपर्नेछ।

Share this Law

दफा २७ः विशेषज्ञ, उच्च प्राविधिक र व्यवस्थापकीय कर्मचारी सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.