दफा १८ः लगानी गरी सक्नु पर्ने अवधि

Estimated reading: 0 minutes 255 views

१) विदेशी लगानीकर्ताले दफा १५ को उपदफा (२) बमोजिम विदेशी लगानी गर्न स्वीकृति प्राप्त गरेको रकम  तोकिएको अवधिभित्र लगानी गरी सक्नु पर्नेछ।

२) यो ऐन प्रारम्भ हुँदाका बखत विदेशी लगानी गर्न प्रचलित कानून बमोजिम स्वीकृति प्राप्त गरिसकेका विदेशी लगानीकर्ताले समेत तोकिएको न्यूनतम रकम उपदफा (१) बमोजिम तोकिएको अवधिभित्र त्यस्तो लगानी गरी सक्नुपर्नेछ।

३) मनासिब माफिकको कारण बिना उपदफा (१) वा (२) वा दफा ४३ बमोजिमको अवधिभित्र लगानी नगर्ने उद्योगलाई प्रदान गरिएको लगानी स्वीकृति त्यस्तो स्वीकृति दिने निकायले रद्द गर्नेछ।

Share this Law

दफा १८ः लगानी गरी सक्नु पर्ने अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.