परिच्छेद-२ विदेशी लगानी

दफा ९ः पूँजी लगानी कोष खडा गरी विदेशी लगानी गर्न सक्ने

Estimated reading: 0 minutes 98 views

१) संस्थागत विदेशी लगानीकर्ताले कुनै उद्योगमा स्वपूँजी (इक्विटी) लगानी गर्ने प्रयोजनको लागि प्रचलित कानून बमोजिम कम्पनी संस्थापना गरी धितोपत्र बोर्डको स्वीकृति लिई पूँजी लगानी कोष (भेन्चर क्यापिटल फण्ड) खडा गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिमको कोषबाट उद्योगमा लगानी गर्न दफा १५ बमोजिमको प्रकृया पूरा गरी स्वीकृति लिनु पर्नेछ।

३) उपदफा (१) बमोजिमको पुँजी लगानी कोषको विवरण त्यस्तो कम्पनीले प्रत्येक छ महिनामा विभागलाई उपलब्ध गराउनु पर्नेछ।

४) उपदफा (१) बमोजिम स्थापित कोष सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ९ः पूँजी लगानी कोष खडा गरी विदेशी लगानी गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.