दफा २ः परिभाषा

Estimated reading: 1 minute 301 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “उद्योग” भन्नाले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको उद्योग सम्झनु पर्छ।

(ख) “एकल बिन्दु सेवा केन्द्र ” भन्नाले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको एकल बिन्दु सेवा केन्द्र सम्झनु पर्छ।

(ग) “गैर आवासीय नेपाली” भन्नाले गैर आवासीय नेपाली सम्बन्धी प्रचलित कानून बमोजिम गैर आवासीय नेपाली परिचयपत्र प्राप्त व्यक्ति सम्झनु पर्छ।

(घ) “तोकिएको” वा“ तोकिएबमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ।

(ङ) “धितोपत्र बोर्ड” भन्नाले धितोपत्र सम्बन्धी प्रचलित कानून बमोजिम स्थापना भएको नेपाल धितोपत्र बोर्ड सम्झनु पर्छ।

(च) “प्रविधि हस्तान्तरण” भन्नाले उच्योग र विदेशी लगानी कर्ताबीच देहायको कुराको सम्बन्धमा सम्झौता गरी गरिने प्रविधिको हस्तान्तरण सम्झनु पर्छः-

(१) पेटेण्ट, डिजायन, ट्रेडमार्क, व्यापारिक ख्याति (गुडवील) , प्राविधिक विशिष्टता, सुत्र (फर्मुला), प्रक्रिया,

(२) उपयोगको इजाजत (युजर्स लाइसेन्स) , प्राविधिक जानकारी प्रदान (नो हाउ शेयरिङ्ग) वा प्राविधिक ज्ञानको प्रयोग (फ्रेन्चाइज),

(३) वैदेशिक प्राविधिक सल्लाहकार , व्यवस्थापन तथा बजार सेवा उपलब्ध गराउने वा अन्य प्राविधिक सीप वा ज्ञान।

(छ) “बोर्ड भन्नाले औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानून बमोजिमको उच्योग तथा लगानी प्रवर्द्धन बोर्ड सम्झनु पर्छ।

(ज) “मन्त्रालय” भन्नाले नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्झनु पर्छ।

(झ) “लगानी बोर्ड ” भन्नाले लगानी बोर्ड सम्बन्धी प्रचलित कानून बमोजिमको लगानी बोर्ड सम्झनु पर्छ।

(ञ) “बिदेशी लगानी” भन्नाले विदेशी लगानी कर्ताले उद्योग वा कम्पनीमा गरेको देहायको लगानी सम्झनु पर्छः-

(१) विदेशी मुद्रामा गरिने शेयर लगानी,

(२) उद्योगमा विदेशी मुद्रा वा शेयरबाट प्राप्त लाभांश रकमको पुनःलगानी,

(३) दफा ६ बमोजिम गरेको लिज लगानी (लिज फाइनान्स),

(४) दफा ९ बमोजिम पुँजी लगानी कोषमा गरेको लगानी,

(५) दफा १० बमोजिम धितोपत्रको दोस्रो बजार मार्फत सूचीकृत धितोपत्रमा गरेको लगानी,

(६) नेपालमा संस्थापना भएको कम्पनीको शेयर वा सम्पत्ति खरिद गरी भएको लगानी,

(७) दफा ११ बमोजिम नेपालमा संस्थापित उद्योग वा कम्पनीले विदेशी पूँजी बजारमा धितोपत्र जारी गरी बैकिङ्ग प्रणाली मार्फत्‌ प्राप्त भएको लगानी,

(८) प्रबिधि हस्तान्तरणद्वारा भएको लगानी, वा

(९) नेपालमा उच्चोग स्थापना र विस्तार गरी कायम भएको लगानी।

(ट) “विदेशी लगानीकर्ता ” भन्नाले विदेशी लगानी गर्ने विदेशी व्यक्ति , फर्म, कम्पनी, गैर आवासीय नेपाली वा विदेशी सरकार वा अन्तर्राष्ट्रिय संस्था वा अन्य यस्तै प्रकारका संगठित संस्थालाई सम्झनु पर्छ र सो शब्दले विदेशी लगानीकर्ता कुनै संस्थागत विदेशी लगानीकर्ता भएमा त्यस्तो संस्थाको अन्तिम हिताधिकारीलाई समेत जनाउँछ।

(ठ) “विदेशी लगानी स्वीकृत गर्ने निकाय” भन्नाले दफा १७ बमोजिमको निकाय सम्झनु पर्छ।

(ड) “विभाग” भन्नाले उद्योग विभाग सम्झनु पर्छ।

(ढ) “संस्थागत विदेशी लगानीकर्ता” भन्नाले विदेशी लगानी गर्ने विदेशी कम्पनी, संगठित संस्था वा अन्तर्राष्ट्रिय संस्था सम्झनु पर्छ।

Share this Law

दफा २ः परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.