दफा २९ः दोहर्‍याई निर्णय गर्न नहुने

Estimated reading: 0 minutes 417 views

१) दफा ३० बमोजिम उच्च अदालतले आदेश दिएकोमा बाहेक मध्यस्थले आफू समक्ष सुम्पिएको विषयमा एकपटक निर्णय गरिसकेपछि निर्णयको मूल सारमा असर नपर्ने गरी गणितीय, छपाई, टाइपिङ्ग वा त्यस्तै प्रकृतिका सानातिना त्रुटि सच्याउन र त्यसमा छुट भएको कुरा समावेश गर्न बाहेक सोही विषयमा पुनः अर्को निर्णय गर्न हुँदैन ।

२) उपदफा (१) बमोजिम मध्यस्थको निर्णयमा भएका त्रुटि सच्याउनु पर्ने भन्ने कुनै पक्षलाई लागेमा निजले निर्णयको प्रतिलिपि पाएको मितिले तीस दिनभित्र मध्यस्थ समक्ष निवेदन दिनु पर्नेछ र मध्यस्थले त्यस्तो त्रुटि सच्याउन वा छुट भएको कुरा समावेश गर्न मनासिब देखेमा त्यस्तो निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र छुट्टै पर्चा खडा गरी छुट भएको कुरा समावेश गर्न र त्रुटि सच्याउन सक्नेछ । मध्यस्थ आफैले त्यस्तो कुरा सच्याउन उचित ठानेमा निर्णय भएको तीस दिनभित्र पर्चा खडा गरी सच्याई त्यसको जानकारी सम्बन्धित पक्षहरुलाई दिनु पर्नेछ ।

३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पक्षले दावी पेश गरेका कुराहरुमध्ये कुनै कुराका सम्बन्धमा मध्यस्थले निर्णय गरेको रहेनछ भने त्यस्ता कुराका हदसम्म अर्को पक्षको सहमति लिई मध्यस्थले निर्णय गरेको तीस दिनभित्र सो कुरामा निर्णय हुन निवेदन दिन सक्नेछ र त्यसरी निवेदन परेकोमा निवेदन परेको .पैंतालीस दिनभित्र सोही हदसम्म सीमित रही पूरक निर्णय गर्न सक्नेछ ।

४) पक्षहरुको सहमति भएमा निर्णयको कुनै कुरा वा अंश अस्पष्ट भएकोले व्याख्या गर्न कुनै पक्षले अर्को पक्षलाई सूचना दिई मध्यस्थको निर्णय भएको मितिले तीस दिनभित्र मध्यस्थ समक्ष अनुरोध गर्न सक्नेछ र त्यस्तो अनुरोध भएमा पैंतालीस दिनभित्र मध्यस्थले अस्पष्ट भएको कुराको व्याख्या गरी स्पष्ट पार्न सक्नेछ ।

Share this Law

दफा २९ः दोहर्‍याई निर्णय गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.