परिच्छेद -५ मध्यस्थको निर्णय र त्यसको कार्यान्वयन

दफा २७ः निर्णयमा खुलाउनु पर्ने कुरा

Estimated reading: 1 minute 92 views

सम्झौतामा अन्यथा उल्लेख भएकोमा बाहेक मध्यस्थले निर्णयमा देहायका कुराहरु स्पष्ट रुपमा खुलाउनु पर्नेछः-

(क) मध्यस्थता गर्न सुम्पिएको विषयको छोटकरी विवरण,

(ख) मध्यस्थताको क्षेत्राधिकार उपर कुनै पक्षले प्रश्न उठाएको भए क्षेत्राधिकार भएको ठहर गर्ने आधार,

(ग) मध्यस्थको ठहर र उक्त ठहरमा पुग्न लिईएका कारण र आधार,

(घ) भरीभराउ वा क्षतिपूर्ति गरी दिनुपर्ने कुरा वा रकम,

(ङ) भरीभराउ गर्नुपर्ने रकममा लाग्ने ब्याज र दफा ३१ को म्यादभित्र मध्यस्थको निर्णय कार्यान्वयन नभएमा त्यस्तो समय व्यतित भएपछि लाग्ने थप ब्याज दर,

(च) मध्यस्थताको निर्णय भएको स्थान र मिति।

Share this Law

दफा २७ः निर्णयमा खुलाउनु पर्ने कुरा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.