दफा २०ः सूचना तथा म्याद तामेली

Estimated reading: 0 minutes 304 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि मध्यस्थताका सम्बन्धमा दिइने कुनै सूचना वा मध्यस्थले सुनुवाई गर्ने विषयमा वा मध्यस्थ समक्ष विचाराधीन रहेको विवादमा नेपाल 1…….. भित्र वा नेपाल 1……… बाहिर रहे बसेको पक्षको नाउँमा कुनै म्याद वा सूचना तामेल गर्नु परेमा सम्झौतामा अन्यथा भएकोमा बाहेक सम्बन्धित पक्षलाई सिधै बुझाई वा पक्षको टेलेक्स, टेलिफ्याक्स, टेलिग्राम वा लिखित अभिलेख रहन सक्ने त्यस्तो प्रकृतिका अन्य कुनै दूरसञ्चार माध्यमको ठेगाना सम्झौतामा उल्लेख भएको रहेछ वा सम्झौता भएपछि पक्षहरुले त्यस्तो ठेगाना एक अर्कोलाई वा मध्यस्थलाई उपलब्ध गराएका रहेछन्‌ भने त्यस्तो ठेगानामा म्याद वा सूचना पठाउन सकिनेछ । त्यस्तो सञ्चार माध्यम वा ठेगाना उपलब्ध नगराएकोमा सम्बन्धित पक्षको व्यवसाय रहेको स्थान वा निजको स्थायी बसोबास भएको स्थानमा बुझाउनु पर्नेछ । यसरी दिइएको सूचना वा भएको म्याद तामेली रीतपूर्वक भए गरेको मानिनेछ ।

तर हुलाकद्वारा त्यस्तो म्याद वा सूचना पठाउँदा रजिष्ट्री गरी पठाउनु पर्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अदालतको काम कारबाहीका सम्बन्धमा यस व्यवस्थाले प्रतिकूल प्रभाव पार्ने छैन ।

1 गणतन्र सदृुढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।

Share this Law

दफा २०ः सूचना तथा म्याद तामेली

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.