दफा १२ः मध्यस्थको कार्यालय रहने स्थान

Estimated reading: 1 minute 274 views

१) मध्यस्थको कार्यालय देहायको स्थानमा रहनेछ:-

(क) सम्झौतामा मध्यस्थको कार्यालय रहने स्थान उल्लेख भएकोमा सोही स्थानमा ।

(ख) सम्झौतामा मध्यस्थको कार्यालय रहने स्थान उल्लेख नभएकोमा पक्षहरुले रोजेको स्थानमा ।

(ग) मध्यस्थ नियुक्त भएको पन्ध्र दिनभित्र पक्षहरुले त्यस्तो स्थान नरोजेमा वा त्यस सम्बन्धमा पक्षहरुका बीच मतैक्य नभएमा सम्पूर्ण सम्बद्ध परिस्थितिलाई विचार गरी मध्यस्थले तोकेको स्थानमा ।

२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पक्षहरुले अन्यथा व्यवस्था गरेकोमा बाहेक साक्षीको बकपत्र गराउन, विशेषज्ञको राय लिन, कुनै लिखत, वस्तु वा स्थान निरीक्षण गर्न सुविधा हुने अन्य कुनै उपयुक्त स्थानमा समेत मध्यस्थहरुले आपसमा छलफल गरी मुकाम तोक्न सक्नेछन्‌ ।

Share this Law

दफा १२ः मध्यस्थको कार्यालय रहने स्थान

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.