दफा २३ः एकल बिन्दु सेवा केन्द्र मार्फत्‌ सेवा उपलब्ध गराइने

Estimated reading: 1 minute 332 views

१) नेपाल सरकारले विदेशी लगानीकर्तालाई यस ऐन तथा प्रचलित अन्य कानून बमोजिम प्रदान गरिने छुट, सुविधा, सहुलियत वा सेवाहरू एकल बिन्दु सेवा केन्द्र मार्फत्‌ उपलब्ध गराउने गरी आवश्यक व्यवस्था मिलाउन सक्नेछ।

२) उपदफा (१) बमोजिम एकल बिन्दु सेवा केन्द्र बाट प्रदान गरिने सेवाहरूको व्यवस्थापन गर्दा क्रमशः देहायका सेवाहरू प्रदान गर्ने गरी आवश्यक व्यवस्था मिलाइनेछः-

(क) उद्योगको दर्ता तथा उद्योग प्रशासन,

(ख) विदेशी लगानी,र ऋणको स्वीकृति,

(ग) कम्पनी दर्ता तथा कम्पनी प्रशासन,

(घ) श्रम स्वीकृति,

(ङ) भिसा सुविधा,

(च) उद्योगबाट उत्पादित वस्तुको गुणस्तर मापन तथा नियन्त्रण,

(छ) वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृति,

(ज) उर्जा र पूर्वाधार बिकास तथा सोको लागि आवश्यक समन्वय एवं अन्य निकायहरुकाबीच सम्पर्क बिन्दु (फोकल पोइन्ट),

(झ) उद्योगले पाउने छुट, सुविधा,

(ञ) स्थायी लेखा नम्बर प्रदान गर्ने कार्य,

(ट) विदेशी विनिमय स्वीकृति,

(ठ) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम उद्योगका लागि गर्नुपर्ने अन्य कार्यसँग सम्बन्धित कुनै सेवा।

३) एकल बिन्दु सेवा केन्द्रलाई यस दफा बमोजिम प्रदान गरिने सेवा सुविधाका अतिरिक्त प्रचलित कानून बमोजिमका अन्य सेवाहरु प्रदान गर्ने गरी तोक्न सकिनेछ।

Share this Law

दफा २३ः एकल बिन्दु सेवा केन्द्र मार्फत्‌ सेवा उपलब्ध गराइने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.