दफा २: परिभाषा

Estimated reading: 1 minute 3 views

दफा २: परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ वा परिभाषा नलागेमा यस ऐनमा,-

(क) “प्रतिष्ठान” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (ञ) बमोजिमको प्रतिष्ठान सम्झनु पर्छ।

(ख) “कामदार” भन्नाले प्रतिष्ठान र प्रतिष्ठान बाहिर विभिन्न उद्योग, व्यापार व्यवसाय वा सेवामा कार्यरत स्थायी, अस्थायी, करार, दैनिक ज्यालादारी, पिसरेट, ठेक्का वा त्यस अन्तर्गत काम गर्ने कामदार तथा कृषि श्रमिक सम्झनु पर्छ र सो शब्दले प्रतिष्ठानको व्यवस्थापक तथा प्रबन्धक तह र त्यसको विभाग, शाखा, उपशाखा तथा इकाईको प्रमुख भई काम गर्ने कर्मचारी वाहेक अन्य कर्मचारी र स्वरोजगार गर्ने व्यक्तिलाई समेत जनाउँछ ।

(ख१) “कृषि श्रमिक” भन्नाले कृषि क्षेत्रमा ज्याला, बनी गरी जीविकोपार्जन गर्ने व्यक्ति सम्झनु पर्छ ।

(ग) “व्यवस्थापक” भन्नाले श्रम ऐन, २०७४ को दफा २ को खण्ड (द) बमोजिमको व्यवस्थापक सम्झनु पर्छ ।

(घ) “ट्रेड युनियन” भन्नाले कामदारहरूको पेशागत हकहितको संरक्षण र सम्वर्द्धन गर्न यस ऐन बमोजिम दर्ता भएको प्रतिष्ठान स्तरको ट्रेड युनियन सम्झनु पर्छ र सो शब्दले ट्रेड युनियन संघ तथा ट्रेड युनियन महासंघलाई समेत जनाउँछ।

(ङ) “प्रतिष्ठानस्तरको ट्रेड युनियन” भन्नाले दफा ३ बमोजिम दर्ता भएको प्रतिष्ठानस्तरको ट्रेड युनियन सम्झनु पर्छ।

(च) “ट्रेड युनियन संघ” भन्नाले दफा ४ बमोजिम दर्ता भएको ट्रेड युनियन संघ सम्झनु पर्छ ।

(छ) “ट्रेड युनियन महासंघ” भन्नाले दफा ५ बमोजिम दर्ता भएको ट्रेड युनियन महासंघ सम्झनु पर्छ ।

(ज) “आधिकारिक ट्रेड युनियन” भन्नाले कामदारहरूको हक हितको संरक्षण गर्नको लागि व्यवस्थापकसित सामूहिक सौदावाजी गर्न दफा ११ बमोजिम मान्यता प्राप्त गरेको प्रतिष्ठान स्तरको ट्रेड युनियन सम्झनु पर्छ ।

(झ) “कार्य समिति” भन्नाले ट्रेड युनियनको विधान बमोजिम गठित कार्य समिति सम्झनु पर्छ ।

(ञ) “सदस्य” भन्नाले प्रतिष्ठान स्तरको ट्रेड युनियनको सदस्यता लिएको सम्बन्धित प्रतिष्ठानको कामदार सम्झनु पर्छ।

(ट) “पदाधिकारी” भन्नाले कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष सम्झनु पर्छ र सो शब्दले कार्य समितिको सदस्यलाई समेत जनाउँछ ।

(ठ) “पञ्जिकाधिकारी” भन्नाले दफा १४ बमोजिम नियुक्त पञ्जिकाधिकारी सम्झनु पर्छ र सो शब्दले पञ्जिकाधिकारीको अधिकार प्रयोग गर्न पाउने गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको अधिकारीलाई समेत जनाउँछ ।

(ड) “दर्ता किताब” भन्नाले ट्रेड युनियन दर्ता गर्न दफा १६ बमोजिम खडा गरेको दर्ता किताब सम्झनु पर्छ ।

(ढ) “श्रम अदालत” भन्नाले श्रम ऐन, २०७४ अन्तर्गतको श्रम अदालत सम्झनु पर्छ ।

(ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा वा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी जारी गरेको आदेशमा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.